१५ पालिकाकाे परिणाम सार्वजनिक [सूचीसहित]

१५ पालिकाकाे परिणाम सार्वजनिक [सूचीसहित]

काठमाडाैं – पालिका चुनावअन्तर्गत अहिलेसम्म १५ वटा पालिकाको परिणाम सार्वजनिक भएको छ।

अहिलेसम्म निर्विरोध भएका समेत गरी नेकपा एमालेले ६, नेपाली कांग्रेसले ६, नेकपा एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले १ पालिकाको प्रमुख जितेका छन्।

मतगणना भइरहेको ठाउँमा कांग्रेसले अग्रता लिएको छ। २६० ठाउँमा कांग्रेसले र १६७ ठाउँमा एमालेले अग्रता लिएको छ। माओवादी केन्द्रले १०३, एकीकृत समाजवादीले १० र जसपाले २३ ठाउँमा अग्रता बनाएका छन्।

एमाले :

मुस्ताङको लोमान्थाङ गाउँपालिका
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र
मनाङको मनाङ ङिस्याङ गाउँपालिका
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
मनाङको चामे गाउँपालिका
डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)

नेपाली कांग्रेस :

गुल्मीको रेसुंगा नगरपालिका
डडेलधुराको गन्यापधुरा गाउँपालिका
मनाङको नासोमा गाउँपालिका
मुस्ताङको घरपझोङ गाउँपालिका
मनाङको नार्पाभूमि गाउँपालिका

गुल्मी दरबार गाउँपालिका

माओवादी केन्द्र :

डोल्पाको जगदुल्लाह गाउँपालिका

एकीकृत समाजवादी :

डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
डोल्पाको छार्का ताङसोङ गाउँपालिका (निर्विरोध)


Leave a Reply

Your email address will not be published.