बुटवलमा मतान्तर बढाउँदै गठबन्धनका उम्मेदवार

बुटवलमा मतान्तर बढाउँदै गठबन्धनका उम्मेदवार

बुटवल – बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनले फराकिलो अग्रता बनाएको छ।

सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार कांग्रेसका खेलराज पाण्डेयले २ हजार २१४ मत ल्याएर अग्रता कायमै राखेका छन्।

उनलाई एमालेका बाबुराम भट्टराईले १ हजार ३१२ मतले पछ्याइरहेका छन्।

उपमेयरमा एमालेकी साबित्रादेवी अर्यालले १ हजार ४८२ मत ल्याएकी छन्। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका चीनबहादुर गुरूङले १ हजार २८१ मत पाएका छन्। मतगणना जारी छ।


Leave a Reply

Your email address will not be published.