गुल्मीदरबार गाउँपालिकामा कांग्रेस विजयी

गुल्मीदरबार गाउँपालिकामा कांग्रेस विजयी

गुल्मी – गुल्मीकाे गुल्मीदरबार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएकाे छ।

अध्यक्षमा सरोज थापा ६ हजार १६६ मतसहित र उपाध्यक्षमा तारा थापा ६ हजार १८८ मतसहित निर्वाचित भएका छन्। दुबै कांग्रेस उम्मेदवार हुन्।

अध्यक्षका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण भुसालले ५ हजार ६०२ र उपाध्यक्षमा एमालेकै सुशीला पुनले ५ हजार ५८९ मत मात्र पाए।

७ वटा वडामध्ये ४ वटा वडामा कांग्रेस र बाँकी ३ वडामा एमाले विजयी भएकाे छ।


Leave a Reply

Your email address will not be published.