दैलेखको नौमुले गाउँपालिकामा माओवादी विजयी

दैलेखको नौमुले गाउँपालिकामा माओवादी विजयी

दैलेख – दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार छवी सुवेदी विजयी भएका छन्।

माओवादी केन्द्रका उम्मेदवार छवि सुवेदीले नेपाली कांग्रेसका प्रदेश सभापति एवं निवर्तमान गाउँपालिका अध्यक्ष भदे बुढा मगरलाई पराजित गर्दै विजयी भएका हुन्।

छवी सुवेदीले ३ हजार २ सय मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले २ हजार ५ सय ४४ मत प्राप्त गरेका छन्। नेकपा एमालेका शशिराम वि.क.ले १ हजार ९ सय २० मत प्राप्त गरेका छन्।

नौमूले गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार गगनबहादुर शाही विजयी भएका छन्। उनले २ हजार ८ सय ३४ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्ष अमृता सिंहले २ हजार ४ सय ५ मत प्राप्त गरेकी छन्।

नेकपा एमालेका रिता चन्दले १ हजार ९ सय १८ मत प्राप्त गरेका छन्। उपाध्यक्ष पदमा विजयी उम्मेदवार गगनबहादुर शाही नेपाली कांग्रेसको गाउँपालिका सभापति पद छोडेर एकीकृत समाजवादीबाट गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचन लडेका थिए।

नौमुलेमा नेपाली कांग्रेस र नेकपा एमाले एक्लाएक्लै निर्वाचनमा होमिएका थिए भने नेकपा माओवादी केन्द्र, र एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट असन्तुष्ट भएर गएका गंगबहादुर शाहीको गठबन्धन थियो।

 


Leave a Reply

Your email address will not be published.