रोल्पा अपडेट : गाेलाप्रथाबाट माओवादीका डाँगी विजयी

रोल्पा अपडेट : गाेलाप्रथाबाट माओवादीका डाँगी विजयी

काठमाडाैं – रोल्पाको एक स्थानीय तहको वडामा दुई उमेदवारको मत वरावर भएपछि गोलाप्रथाद्वारा अन्तिम परिणाम सार्वजनिक गरिएको छ।

रोल्पा नगरपालिका २ मा नेपाली कांग्रेसका देउचन घर्तीमगर र नेकपा माओवादी केन्द्रका प्रकाश डाँगीबीच बराबर मत आएपछि गोला प्रथाद्वारा अन्तिम मत सार्वजनिक गरिएको हो।

दुवै उमेदवारले ५४३ मत प्राप्त गरेपछि भएको गोला प्रथावाट नेकपा माओवादी केन्द्रका प्रकाश डाँगी विजयी भएका छन्।

सो वडाका दलित महिला सदस्य, महिला सदस्य र खुला सदस्य भने नेपाली कांग्रेसले जितेको छ।

 


Leave a Reply

Your email address will not be published.