काठमाडाैं अपडेट : मतान्तर बढाउँदै बालेन

काठमाडाैं अपडेट : मतान्तर बढाउँदै बालेन

काठमाडाैं – काठमाडाैं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँददै लगेका छन्।

पछिल्लाे विवरण अनुसार उनले १ हजार ७०६ मत पाएका छन्। शाहलाई एमालेका केशव स्थापित १ हजार ३२ मतले पछ्याइरहेका छन्।

गठबन्धनबाट उम्मदेवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले ८६८ मत पाएकी छन्। त्यस्तै, राप्रपाका मदन दासले १६५ मत पाएका छन्।


Leave a Reply

Your email address will not be published.