भरतपुर र पोखरामा गठबन्धनका उम्मेदवारले बढाए अग्रता

भरतपुर र पोखरामा गठबन्धनका उम्मेदवारले बढाए अग्रता

काठमाडाैं – भरतपुर र पोखरामा गठबन्धनले अग्रता बढाएका छन्।

चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छिन्। ३,२७७ मतगणना हुँदा दाहालको १,२०८ मत आएको छ।

एमालेका उम्मेदवार विजय सुवेदीले १,०८७ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४३० मत ल्याएका छन्। उपमेयरमा चित्रसेन अधिकारीले १,३६२ मत ल्याएका छन् भने हिमाल गुरुङले ८७७ मत ल्याएका छन्।

यस्तै पोखरा महानगरपालिकामा पनि गठबन्धन उम्मेद्वारले मतान्तर बढाएका छन्। १७ सय मत गणना गर्दा गठबन्धनका उम्मेदवार एकीकतृ समाजवादीका धनराज आचार्यले ९ सय २ मत पाएका छन्। उनका निकटतम प्रतिस्प्रधी एमालेका कृष्णबहादुर थापाले ७ सय ३ मत पाएका छन्।

अहिले वडा नम्बर १, २ र १२ को गणना भइरहेको छ। वडा नम्बर १ एमालेको पकड रहेकाे वडा हो।


Leave a Reply

Your email address will not be published.