मुख्यमन्त्री राउतका स्वकीय सचिवले जोगाउन सकेनन् जमानत

मुख्यमन्त्री राउतका स्वकीय सचिवले जोगाउन सकेनन् जमानत

काठमाडौं – मधेस प्रदेसका मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव दीपकप्रसाद यादव स्थानीय तह निर्वाचनमा पराजित भएका छन्।

पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्षका लागि जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवारी दिएका यादव पराजित भएका हुन्।

उनलाई नेपाली कांग्रेसका दिनेशकुमार चौधरीले पराजित गरेका छन्।

चौधरीले ५ हजार १४४ मत प्राप्त गर्दा यादवले जम्मा ४६९ मत ल्याएका छन्। खसेको मतको १० प्रतिशत मत ल्याउन नसकेपछि उनले जमानतसमेत जोगाउन नसकेको बताइएको छ।

राउतका स्वकीय सचिवभन्दा बढी ७२३ मत ल्याएर नेपाल सुशासन पार्टीका उम्मेदवार लालबाबु महर तेस्रो स्थानमा छन्।

त्यस्तै मेयरमा निर्वाचित चौधरीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिनारायण चौधरी ३ हजार ९४४ मत ल्याएर दोस्रो भएका छन्।


Leave a Reply

Your email address will not be published.