धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार साम्पाङ जित नजिक

धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार साम्पाङ जित नजिक

काठमाडाैं – धरान उपमहानगरको मेयर पदमा लौरो चिह्नबाट स्वतन्त्र उमेदवार हर्क साम्पाङ जित नजिक पुगेका छन्।

उनले १४१८३ मत प्राप्त गरेका छन्। गठबन्धनका किशोर राईले ११९९८ मत प्राप्त गरेका छन्।
साम्पाङ २१८५ मतले राईभन्दा अगाडि छन्। निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार अहिले ४५ हजार १९५ मतगणना भएको छ। यो गणनामा नेकपा एमालेकी उमेदवार मञ्जु भण्डारीले ९७३५ मत प्राप्त गरेकी छिन्। उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रविक्रम बेघाले १४ हजार १४८ मतले अग्रता कायम राखेका छन्।
एमालेका पदम इस्वोले १३ हजार १८८ मत प्राप्त गरेका छन्। अहिले वडा नम्बर १५ र १६ को मतगणना भइरहेको छ। वडा नम्बर १७ को मतपेटिका खोल्न बाँकी छ।

Leave a Reply

Your email address will not be published.