खेलराजले ढालिदिएको एमालेको दुई दशक लामो विरासत

खेलराजले ढालिदिएको एमालेको दुई दशक लामो विरासत

काठमाडौं –केही महिनाअघि सम्म लुम्बिनी प्रदेसको अस्थायी राजधानी थियो रूपन्देहीको बुटबल। प्रदेससभा बैठकले दाङको देउखुरीमा अस्थायी राजधानी राख्ने निर्णय ग¥यो।

नीतिगत रूपमा स्थायी राजधानी सारिए पनि प्रदेस सरकारको कामकाज अहिले पनि बुटबलबाटै सञ्चालन भइरहेको छ। यसअर्थमा पनि बुटबलको विशेष महत्व छ।

प्रदेसको राजधानीदेशकै कारण केन्द्र भागमा रहेको बुटवल उपमहानगरपालिकाको महत्व सीमित छैन। त्यस क्षेत्रका लागि प्रमुख व्यापारिक केन्द्र पनि हो, बुटबल।

यसबाहेक राजनीतिक रूपमा पनि बुटवलले छुट्टै पहिचान बनाएको छ।

सरकारका गृहमन्त्री बालकृष्ण खाँण, एमालेका उपाध्यक्ष विष्णु पौडेलजस्ता राजनीतिका ठूला हस्तीहरू बुटवलले देशलाई दिएको छ। तर, रजगज भने एमालेको छ, त्यहाँ।

एमाले उपाध्यक्ष पौडेल, सचिव शंकर पोखरेलजस्ता शीर्ष नेताहरूको प्रभाव रहेको बुटवलबाट अघिल्लो संसदीय निर्वाचनमा कांग्रेस नेता खाँण चुनाव लड्नन। बरू समानुपातिक बाट प्रतिनिधिसभा सदस्य बन्न रुचाए।

२०४८ सालको पहिलो आमनिर्वाचनमा बुटवल र आपसपासका क्षेत्र समेटिएको तत्कालीन रुपन्देही क्षेत्र नम्बर ३ बाट खाँण प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए।

२०५१ सालको मध्यावधी निर्वाचनमा खाँण एमालेका मोदनाथ प्रश्रितसँग पराजित भए।

२०६४ र २०७० मा सम्पन्न संविधानसभा निर्वाचन र २०७४ को संघीय निर्वाचनमा विष्णु पौडेल निर्वाचित भए।

८ वर्षअघिको चुनावमा हारेका पौडेल २०६४ सालको संविधानसभा चुनावमा बुटवलसमेत रहेको निर्वाचन क्षेत्रबाटै निर्वाचित भए। त्यो निर्वाचनमा माओवादी केन्द्र दोस्रो र कांग्रेस तेस्रो स्थानमा सीमित भयो।

बुटवलको स्थानीय तह निर्वाचनको इतिहासमा पनि एमालेकै रजगज रहँदै आएको छ। पहिलो जनआन्दोलनपछि २०४९ सालमा पहिलोपटक भएको निर्वाचनपछि कांग्रेसले त्यहाँ जित दर्ज गर्न सकेको थिएन।

२०४९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका सूर्यप्रसाद प्रधान बुटवलको मेयर बनेका थिए। त्यसयता भएका निर्वाचनहरूमा एमालेले पछाडि फर्केर हेर्नुपरेको थिएन।

त्यसपछि २०५४ सालमा भएको स्थानीय तह निर्वाचनमा प्रधान एमालेका भोजप्रसाद श्रेष्ठसँग पराजित भए। मेयरमा पराजित प्रधान दुई वर्षपछि २०५६ को संसदीय चुनावमा एमालेका पौडेललाई पराजित गरेर सांसद बने।

पछिल्लो समय एमालेका उपाध्यक्ष पौडेल गृहनगर बुटवललाई एमालेको बलिया््े पकड भएको क्षेत्रको रूपमा लिन्थ्यो।

तर, २०५४ सालयताका हरेक निर्वाचनमा जित हासिल गर्दै आएको एमालेको दुई दशक लामो विरासतलाई ढालिदिएका छन् कांग्रेसका खेलराज पाण्डेले, बुटवलको मेयरमा चुनाव जितेर।

पाण्डे बुटवल उपमहानगरपालिकाको मेयरमा भारी मत अन्तरले निर्वाचित भएका छन्।

यसअघि २०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २ हजार सय मतले पराजित भएका पाण्डे यसपटक अघिल्लोभन्दा तेब्बर बढी मतले निर्वाचित भएका छन्।

पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका पाण्डेले एमालेका बाबुराम भट्टराईलाई पराजित गरेका छन्। यसका साथै कांग्रेसले बुटवलको बहुमत वडामा जित हात पारेको छ।

बुटवलका १९ मध्ये १० वडाध्यक्ष कांग्रेसले जित्दा एमाले चार वडामा खुम्चिएको छ। माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्रले १–१ वडा जितेको छ।

बुटवल उपमहानगरपालिकामा एमालेको विरासत ढाल्न कांग्रेस दुई दशक कुर्नुप¥यो। २०५४ सालयताका सबै निर्वाचनमा जित हासिल गर्दै आएको एमालेको विरासत ढालेका पाण्डेले बुटवलमा एमालेको शक्तिलाई आकलन गरिएको भन्दा ज्यादै कमजोर बनाइ दिएका छन्।

पाण्डेको जितसँगै बुटवलबाट एमालेको दबदबा हटेका छ नै यसको प्रभाव केही महिनाभित्रै हुने प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमासमेत पर्ने संकेत देखिएको छ।


Leave a Reply

Your email address will not be published.