कांग्रेसले जित्यो ३ सयबढी पालिकाको नेतृत्व, अरू दलको कति?

कांग्रेसले जित्यो ३ सयबढी पालिकाको नेतृत्व, अरू दलको कति?

काठमाडौं- वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ। शनिबार साँझसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार ६९५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

चार महानगर काठमाडौं, पोखरा, वीरगञ्ज र भरतपुरका साथै केही नगरपालिका र गाउँपालिकाको अन्तिम परिणाम आउन बाँकी छ।

विराटनगर महानगरपालिकाको परिणाम भने सार्वजनिक भइसकेको छ।

सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेस सबैभन्दा बढी जित हात पारेको छ। नतिजा आउन बाँकी रहेका अधिकांश पालिकामा पनि कांग्रेसकै अग्रता कायम छ।

यस्तो छ अन्तिम परिणामः

प्रमुख/ अध्यक्ष
नेपाली कांग्रेस ३०७
नेकपा एमाले १८८
नेकपा माओवादी केन्द्र १२०
जनता समाजवादी पार्टी १९
नेकपा(एकीकृत समाजवादी) १३
अन्य राजनीतिक दल तथा स्वतन्त्र ५२

उपप्रमुख/उपाध्यक्ष
नेपाली कांग्रेस २८१
नेकपा (एमाले) २१३
नेकपा माओवादी केन्द्र १२५
नेकपा(एकीकृत समाजवादी) १८
जनता समाजवादी पार्टी २९
अन्य राजनीतिक दल तथा स्वतन्त्र ४७

वडाध्यक्ष

नेपाली कांग्रेस २५२३
नेकपा(एमाले) २०५५
नेकपा माओवादी केन्द्र १०२६
अन्य राजनीतिक दल तथा स्वतन्त्र ५५५

 


Leave a Reply

Your email address will not be published.