बालेन्द्रकाे अग्रता १७ हजार, स्थापित झरे तेस्रो स्थानमा
काठमाडौं – काठमाडौं महानगरपालिकामा एक लाख मत गणना सकिएको छ।
अद्यावधिक विवरण अनुसार एक लाख ६ हजार ३५२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह १७ हजार मतान्तरसहित अग्रता लिइरहेका छन्।
एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रोमा झरेका छन्। शाहले ३६ हजार २२६ मत पाउँदा कांग्रेस उम्मेदवार सिर्जना श्रेष्ठ (सिंह) को मत १९ हजार ९१० रहेको छ भने स्थापित १९ हजार ८५० मतले पछ्याइरहेका छन्।