फ्रान्समा पर्यटक विमान दुर्घटना हुँदा एकै परिवारका चारसहित ५ जनाको मृत्यु

फ्रान्समा पर्यटक विमान दुर्घटना हुँदा एकै परिवारका चारसहित ५ जनाको मृत्यु

एजेन्सी – फ्रान्सको उच्च पहाडमा एउटा पर्यटक विमान दुर्घटना हुँदा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु भएको त्यहाँको उद्धार सेवाले जनाएको छ।

शनिबार दिउँसो दक्षिणपूर्वी फ्रान्सको ग्रेनोबलनजिकै भर्साउड एयरफिल्डबाट उडान भरेको केही समयपछि दुर्घटना भएको थियो। विमानस्थलबाट दुर्घटनाग्रस्त क्षेत्र आधा घन्टाको दूरीमा पर्छ।

विमानको जलेको भग्नावशेषमा चार वयस्क र एक बच्चाको शव फेला परेको दुर्घटनाका प्रत्यक्षदर्शीहरूले आपतकालीन सेवाहरूलाई जानकारी दिएका छन्। आगो निभाउन करिब ६० अग्नि नियन्त्रक परिचालन गरिएका थिए। दुर्घटनाबारे छानबिन सुरु हुने भएको छ।


Leave a Reply

Your email address will not be published.