पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन राप्रपाको माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन राप्रपाको माग

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पेट्रोलियम पदार्थमा लगाइएको करमा पुनर्विचार गर्न आग्रह गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले श्रृङ्खलावद्ध रुपमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भइरहेको मूल्यवृद्धि अव्यवहारिक र आपत्तिजनक रहेको बताउँदै मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेका छन्।

लिङ्देनले बढाइएको मूल्य पनि तत्काल फिर्ता लिन माग गरेका छन्। उनले पेट्रोलियम पदार्थमा राज्यले भन्सार र विभिन्न शीर्षकमा लिइरहेको करको पुनर्विचार गरी मूल्य नियन्त्रण गर्न र विद्युत उत्पादन, खपत र वैकल्पिक ऊर्जाको आवश्यक कार्ययोजना ल्याउन सरकारसँग माग गरेका छन्।

Image


Leave a Reply

Your email address will not be published.