जनताको विश्वास शिरमा राखेर ‘शासक’ होइन ‘सेवक’ बन्छु : सुनिता डंगोल [भिडियोसहित]

जनताको विश्वास शिरमा राखेर ‘शासक’ होइन ‘सेवक’ बन्छु : सुनिता डंगोल [भिडियोसहित]

काठमाडौं – काठमाडौं महानगरपालिकाको उममेयर पदमा निर्वाचित सुनिता डंगोलले जित–हारको मासिकताबाट माथि उठेर व्यवस्थित, जीवन्त महानगर बनाउने अभियानमा लाग्न आग्रह गरेकी छन्।

मतगणनाको अन्तिम नजिता आएसँग विजयी र्‍यालीमा सहभागी भएकी डंगोलले सबैसँग सहकार्य गरेर काठमाडौं सहरलाई स्वच्छ, सफा, हराभरा बनाउने प्रतिबद्धता व्यक्त गरेककी छन्। उनले जनताले गरेको विश्वासलाई शिरमा राखेर राष्ट्रको शासक होइन सेवक बन्न तत्पर भएको बताइन्।

के भनिन् सुनिताले ?

उम्मेदवारी घोषणा भएको दिनदेखि आजसम्म यति धेरै माया, साथ र आशिर्वाद दिनु भएको छ। यही माया र आशिर्वादले हाम्र पाइला अघि सरेको छ।

चुनावी मैदानमा आएपछि कोही अघि बढ्ने, कोही पछि हट्नु पर्ने अवस्था त आउछ नै। तर, अब हामी जित– हारको मानसिकताबाट माथि उठ्न जरुरी छ।

तपाईं हामीले सोचेकोजस्तो, खोजेको जस्तो व्यवस्थित काठमाडाैं महानगरपािलका बनाउने हो, जीवन्त सहर बनाउने हो भने साच्चिकै कान्तिपुरी नगरी बनाउने हो भने निर्वाचित प्रतिनिधि तथा महानगरका कर्मचारी एकढिक्का भएर लाग्न जरुरी छ। जितहारको मानसिकतालाई यो रिजल्ट सँगै त्याग्नुपर्छ। हाम्रो काँधमा मतदाताले जिम्मेवारी थपिदिएका छन्।

 

अब हाम्रो जोड सहकार्य, सहयोग र सहअस्तित्वका लागि हुनुपर्छ। उहाँहरुले युवा नेतृत्वमा जोस र आशा देख्नु भएको छ। उहाँहरुको आशामा उत्साह थप्न अब एकअर्काको खुट्टा तान्ने प्रवृतिको अन्त्य हुनुपर्छ। खुट्टा तान्ने काममा लाग्ने इन्नर्जी नयाँ, रचनात्मक कामका लगाउनुपर्छ।

मभन्दा माथि महानगर र योभन्दा माथि देशलाई राखेर काम गर्न सक्यौं भने जनताले गरेको माया फिर्ता गर्न सक्छौं। अब ‘लभ ब्याक’ गर्ने बेला आएको छ।

जनताले गरेको विश्वासलाई शिरमा राखेर राष्ट्रको शासक होइन सेवक बन्न तत्पर  छु। जनताको सेवक बन्ने प्रतिवद्धता जाहेर गर्दछु। म कहिल्यै राम्रो कामको बाधक बन्ने छैन। सहकार्य र सहयोगमा काठमाडौंवासीका सपना पूरा गर्नतिर लाग्यौं।


Leave a Reply

Your email address will not be published.