रेणु दाहाल सवार गाडी दुर्घटना, सुमेरु अस्पतालमा उपचार हुँदै

रेणु दाहाल सवार गाडी दुर्घटना, सुमेरु अस्पतालमा उपचार हुँदै

काठमाडौं – भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल दुर्घटनामा परेकी छन्।

अहिले उनकाे ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको प्रचण्डकाे सचिवालयले जनाएकाे छ।

दाहाल सवार गाडी जावालाखेल मोडमा पोलमा ठोकिएर दुर्घटना भएको हो। उनकाे टाउकोमा चोट लागेकाे छ। अस्पताल स्राेतका अनुसार उनकाे टाउकाेकाे सिटीस्क्यान गरिएकाे छ। अवस्था खतरामुक्त छ।

टाउकाेमा लागेकाे चाेट हुनाले अवस्था खतरामुक्त भएपनि केही समय चिकित्सककाे निगरानीमा राखिने अस्पतालले जनाएकाे छ।


Leave a Reply

Your email address will not be published.