स्याङजामा प्याराग्लाइडिङ सिक्ने क्रममा दुर्घटना हुँदा महिला घाइते

स्याङजामा प्याराग्लाइडिङ सिक्ने क्रममा दुर्घटना हुँदा महिला घाइते

काठमाडौं – स्याङजामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजना घाइते भएका छन्। स्वरेक मैदानमा प्याराग्लाइडिङबाट खसेर स्थानीय लक्ष्मी अर्याल घाइते भएकी हुन्।

उनको टाउको र खुट्टामा चोट लागेको प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए। थप उपचारका लागि उनलाई पोखरा लगिएको छ। स्वरेकमा प्याराग्लाइडिङ सिक्ने क्रममा उनी खसेकी हुन्।


Leave a Reply

Your email address will not be published.