गेटा मेडिकल कलेजको कुरा बजेटमा आउँछ : देउवा
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेज सञ्चालनको कुरा बजेटमा आउने बताएका छन्। नीति तथा कार्यक्रममाथि उठाइएका प्रश्नको जवाफ दिँदै देउवाले यसको कुरा सधैंको बजेटमा आइरहेको भन्दै आगामी बजेटमा पनि आउने बताए।
‘गेटा अस्पतालाई हरेक साल बजेटमा राखिन्छ। बजेटमा आउँछ। नीति तथा कार्यक्रममा राख्न आवश्यक छैन। त्यसमा त आउँछ आउँछ’, उनले भने।