रुस-युक्रेन युद्धले मल आपूर्तीमा समस्या भयो, समाधान हुन्छ : देउवा
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले रुस-युक्रेन युद्धका कारण मल आपूर्तीमा समस्या भइरहेको बताएका छन्। नीति तथा कार्यक्रममाथि उठाइएका प्रश्नको जवाफ दिँदै उनले रुसले मल आपूर्ती नगर्दा समस्या भएको बताए।
उनले मलका लागि भारत र साउदी अरेबीयासँग कुरा भइरहेको बताए। ‘मलको कुरा गाह्रो भइराछ। रुस-युक्रेन द्वन्द्वका कारण गाह्रो भएको छ। भारत र साउदी अरेबीयासँग कुरा गर्दै छौं, समस्या समाधान हुन्छ होला’, देउवाले भने।