सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
काठमाडौं – नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। गत जेठ १० गते राष्ट्रपतिले संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।
सो नीति तथा कार्यक्रमलाई संसद बैठकमा निर्णयार्थ प्रस्तुत गरिएको थियो।