उडेको केहीबेरमै विमानमा आगो लागेपछि…

उडेको केहीबेरमै विमानमा आगो लागेपछि…

काठमाडौं – भारत बिहारको पटनाबाट दिल्लीको लाडि उडेको विमानमा आगो लागेपछि आकस्मिक अवतरण गराइएको छ।

दिल्लीको लागि उडेको केहीबेरमै आगो लागेपछि स्पाइस जेटको विमानलाई पटनाको जयप्रकाश अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो।

विमानमा १८५ यात्रु सवार थिए।

विमान जयप्रकाश अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय समयअनुसार १२ बजेर १० मिनेटमा दिल्लीको लागि उडेको थियो।

उडेको केही बेरमै विमानको एक पन्खामा आगो लागेको थियो। पन्खामा आगो लागेको तलबाट मानिसहरूले देखेका थिए। उनीहरूले यसबारे तत्काल पटना प्रहरीलाई जानकारी गराएका थिए।

पटना प्रहरीले विमानस्थललाई जानकारी गराएपछि विमानलाई पुनः जयप्रकाश अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरण गराइएको थियो।

विमानमा सवार सबै यात्रु सकुशल रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ।

 


Leave a Reply

Your email address will not be published.