मन्त्री आलेलाई बर्खास्त गर्न पर्यटन व्यवसायीहरूको माग

मन्त्री आलेलाई बर्खास्त गर्न पर्यटन व्यवसायीहरूको माग

काठमाडौं- पर्यटन व्यवसायीहरूले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई बर्खास्त गर्न माग गरेका छन्।

पर्यटन व्यवसायसँग आवद्ध व्यवसायीहरूको तीनवटा संगठनले मन्त्री आलेलाई जिम्मेदवारीबाट मुक्त गर्न माग गरेका हुन्।

मन्त्री आलेले अश्लिल र अराजक गतिविधि देखाएको भन्दै उनीहरूले जिम्मेवारीबाट मुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका हुन्।

‘वर्तमान मन्त्री प्रेम आलेले विगतदेखि वर्तमानसम्म प्रदर्शन गर्दै आएका हर्कतहरू, सर्वसाधारणदेखि आफ्नै मातहतका कर्मचारीमाथि व्यक्त गरेको असभ्य र अश्लिल गाली बेइज्जती, गुन्डागर्दी र कार्यकर्तालाई जागिर नलगाएपछि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई गरेको दुव्र्यवहारका कारण शीर निहुराउनुपर्ने अवस्था सिर्जना भएको छ,’ पर्यटन व्यवसायीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नेपाल पर्यटन व्यवसायी संघ, नेपाल पर्यटन व्यवसायी संगठन र राष्ट्रिय पर्यटन व्यवसायी संगठनले गैरजिम्मेवार बनेका मन्त्री आलेलाई पदीय जिम्मेवारीबाट तत्काल बर्खास्त गरी सरकारको छवि बचाउन प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराएका छन्।

 


Leave a Reply

Your email address will not be published.