नक्कली सवारी लाइसेन्स बनाउने १७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं- अख्तियार दुरूपयोग आयोगले नक्कली सवारी लाइसेन्स बनाएको आरोपमा १७ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले यातायात व्यवस्था कार्यालय एकान्तकुनाका तत्कालीन दुई प्रमुखसहित १७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
मुद्दा दायर भएकामध्ये १२ जना यातायात कार्यालयमै कार्यरत कर्मचारी र ५ जना बिचौलिया रहेको अख्तियारले जनाएको हो।
यातायात कार्यालयका तत्कालीन प्रमुख सम्बरबहादुर कार्की र राजुभाइ कुस्मा, मेकानिकल इन्जिनियर विजयराज गिरी, सहायक स्तर कमल स्याङतान र सिनियर मेकानिक्स अच्युतप्रसाद फुयालविरूद्ध अख्तियारले मुद्दा दायर गरेको छ।
यस्तै कम्प्युटर अपरेटरहरू प्रकाश कार्की रेजु भट्टराई, रोसन राजभण्डारी, श्यामसुन्दर चौधरी, लक्ष्मी श्रेष्ठ, माया सेठी र रिचा श्रेष्ठविरूद्ध मुद्दा दायर भएको छ।
उनीहरूविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ बमोजिम मुद्दा दायर भएको अख्तियारले जानकारी दिएको छ।