भारत : एनडिए गठबन्धनबाट राष्ट्रपति उम्मेदवार द्रौपदी, ‘जेड प्लस’ सुरक्षा

भारत : एनडिए गठबन्धनबाट राष्ट्रपति उम्मेदवार द्रौपदी, ‘जेड प्लस’ सुरक्षा

काठमाडौं- भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनले द्रौपदी मुर्मूलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। एनडिएले राष्ट्रपति उम्मेवारका लागि मुर्मूको नाम मंगलबार घोषणा गरेको हो।

आदिवासी समुदायकी उनी झारखन्ड राज्यको पूर्वराज्यपाल भइसकेकी हुन्।

भाजपा नेतृत्वको भारत सरकारले उनलाई ‘जेड प्लस’ सुरक्षा उपलब्ध गराएको छ।

भाजपा अध्यक्ष जेपी नड्डाले पहिलोपटक कुनै आदिवासी महिलालाई राष्ट्रपतिको उम्मेदवार बनाइएको बताए।

मुर्मूले चुनाव जिते उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति हुने छिन्।

भारतमा नेता र ‘भिआइपी’ लाई ‘जेड प्लस’, ‘जेड वाई’ र ‘जेड एक्स’ श्रेणीको सुरक्षा प्रदान गरिन्छ।

केन्द्रीय मन्त्री, मुख्यमन्त्री, सर्वोच्च र उच्च अदालतका न्यायाधीश, लोकप्रिय नेता र वरिष्ठ अधिकारीलाई यसखाले सुरक्षा उपलब्ध हुने गरेको छ।

भारत सरकारका तर्फबाट प्रदान गरिने सबैखाले सुरक्षामा स्पेशल प्रोटेक्सन ग्रुप (एसपिजी), नेसनल सेक्युरिटी गाडर््स(एनएसजी), इन्डियन–तिब्बत बोर्डर पुलिस (आइटिबिपी) र सेन्ट्रल रिजर्व पुलिस (सिआरपिएफ) सामेल हुन्छन्।

‘जेड प्लस’ श्रेणीको सुरक्षा सबैभन्दा कडा सुरक्षा व्यवस्था हो। यसलाई ‘भिभिआइपी’ श्रेणीको सुरक्षा मानिएको छ। यस श्रेणीमा ३६ सुरक्षाकर्मी खटिएका हुन्छ। जसमा एनएसजी र एसपिजी कमान्डो सामेल हुन्छन्।

‘जेड प्लस’ सुरक्षाको पहिलो घेराको जिम्मेवारी एनसिजी र दोस्रो घेराको सुरक्षा एसपिजी कमान्डोले सम्हाल्छन्। त्यसबाहेक आइटिबिपी र सिआरपिएफका जवान पनि ‘जेड प्लस’ सुरक्षा श्रेणीमा सामेल भएका हुन्छन्।

यसखाले सुरक्षामा एस्कर्ट र पायलट वाहन पनि दिने गरिन्छ।

 


Leave a Reply

Your email address will not be published.