न्यायाधीश कोइरालामाथि छानबिन हुने, अधिवक्ता पोखरेलसँग स्पष्टीकरण माग

न्यायाधीश कोइरालामाथि छानबिन हुने, अधिवक्ता पोखरेलसँग स्पष्टीकरण माग

न्यायपरिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिन गर्ने भएको छ। त्यसका लागि परिषदले एउटा समितिसमेत बनाएको छ।

न्यायपरिषदका सदस्य वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठन भएको समितिमा उच्च अदालत पाटनका न्यायाधीश महेश पुडासैनी र महेश शर्मा सदस्य छन्।

समितिले ४५ दिनभित्र प्रतिवेदन बुझाउनेछ।

काठमाडौं जिल्ला न्यायाधीश कोइरालाल र कानुन व्यवसायी रूद्र पोखरेलबीच व्यवसायी इच्छारज तामाङलाई छुटाउनका लागि घुस लेनदेनबारे कुरा भएको वार्तालाप बाहिरिएको थियो।

त्यसपछि न्याय परिषद र बार काउन्सिलको बैठक बसेको थियो। काउन्सिलको बैठकले अधिवक्ता पोखरेलसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।


Leave a Reply

Your email address will not be published.