अफगानिस्तानमा भुकम्प : ९ सयभन्दा धेरै मानिसको मृत्यु

अफगानिस्तानमा भुकम्प : ९ सयभन्दा धेरै मानिसको मृत्यु

अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ९२० जनाको मृत्यु भएको र सयौँ मानिस घाइते भएको तालिबान सरकारका अधिकारीहरूले बताएका छन्।

अफगानिस्तानमा गएको भूकम्पमा परेर कम्तीमा ९२० भन्दा धेरै मानिसको मृत्यु भएको त्यहाँका सञ्चार माध्यमहरूले जनाएका छन्। सयौं मानिसहरू घाइते भएका विवरणहरू आइरहेका छन्।

तर सरकारी अधिकारीहरूले भने सबै विवरणलाई पुष्टि गरेका छैनन्। किनकि अहिले सबै उद्धार र क्षति विवरण एककट्ठा गर्न लागिरहेका छन्।

तालिबान नेता हिबतुल्लाह अखुन्जादाले भूकम्पका कारण सयौं घरहरू भत्किएको र मृतकको संख्या धेरै हुनसक्ने बताएका छन्।

दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरदेखि झन्डै ४४ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर गएको भूकम्प ६.१ म्याग्निट्यूडको थियो। अमेरिकी भौगर्भिक अध्ययन गर्ने निकाय यूएसजिएसका अनुसार यो भुकम्प जमिनको करिब ५१ किलोमिटरभित्र गएको हो।

यो भुकम्पको धक्का केन्द्रविन्दुको ५ सय किलोमिटरभन्दा टाढासम्म पुगेको थियो। त्यसको कम्पन पाकिस्तान र भारतका कतिपय स्थानमा पनि महसुस भएको थियो।

हरेक वर्ष अफगानिस्तामा भूकम्पका कारण सरदर ५ भन्दा धेरैको मृत्यु हुने गरेको छ।


Leave a Reply

Your email address will not be published.