राप्रपा होमियो आन्दोलनमा

राप्रपा होमियो आन्दोलनमा

जनजीविकाका सवालहरू उठाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीले चरणवद्ध आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ।

पार्टीका उपाध्यक्ष तथा आन्दोलन परिचालन समितिका संयोजक बु४मान तामाङको अध्यक्षतामा बसेको बैठकले आन्दोलनका कार्यक्रमहरूलाई अघि बढाउने निर्णय गरेको हो। यसअघि राप्रपाले २२ शूत्रीय माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो।

रासायनिक मलको माग गर्दै राप्रपाले असार १३ गते सबै जिल्लाहरूमा धर्ना तथा कोणसभा गर्नेछ।

त्यस्तै १७ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने,  १९ गते श्रमिकका समस्याबारे श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाउने, २४ गते भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीलाई कारबाही माग गर्दै सबै जिल्ला प्रशासनमा धर्ना र ज्ञापनपत्र दिने, २७ गते पाठ्यपुस्तक माग गर्दै जनकशिक्षा सामग्री केन्द्रमा धर्ना र ज्ञापनपत्र बुझाउने र ३१ गते महिलाहिंसा विरूद्ध महिला आयोगमा धर्ना दिने कार्यक्रमहरू राप्रपाले तय गरेको छ।


Leave a Reply

Your email address will not be published.