ग्लोबल आइएमईले हजयात्रीलाई विदेशी मुद्रा सटही सुविधा दिने

ग्लोबल आइएमईले हजयात्रीलाई विदेशी मुद्रा सटही सुविधा दिने

काठमाडौं-

ग्लोबल आइएमई बैंक लिमिटेडले सन् २०२२ को हजयात्रामा नेपालबाट जाने सबै हजयात्रीलाई आवश्यक पर्ने विदेशी मुद्रा (साउदी रियालसमेत) सटही सुविधा दिने भएको छ।

बैंकले हजयात्रीको सुविधाका लागि कान्तिपथ, ठमेल, तीनकुने र सिनामंगल शाखा कार्यालयबाट साउदी रियालसहित अन्य विदेशी मुद्रा साट्न सकिने व्यवस्था मिलाएको जनाएको छ।

त्यसैगरी हजयात्रीलाई मुद्रा सटही सिलसिलामा कुनै जानकारी लिनुपर्ने भए मोबाइल नम्बर ९८५११६५५२० मा सम्पर्क गर्न पनि बैंकले आग्रह गरेको छ।

ग्लोबल आइएमई बैंकले हाल ७६ जिल्लामा २ सय ८८ शाखा, २ सय ६२ एटिएम, २ सय ७५ शाखारहित, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर एवं तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय गरी करिब ८ सय ७५ केन्द्रबाट २८ लाखभन्दा बढीलाई सेवा दिँदै आएको छ।

त्यसबाहेक बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत देशबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ।

 


Leave a Reply

Your email address will not be published.