आइएमई पेबाट उडान टिकटमा सर्वाधिक क्यासब्याक, अतिरिक्त ३ सय छुट

आइएमई पेबाट उडान टिकटमा सर्वाधिक क्यासब्याक, अतिरिक्त ३ सय छुट

काठमाडौं-

आइएमई ग्रुपद्वारा सञ्चालित तथा आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पेले हवाई टिकटमा फेरि नयाँ अफर ल्याएको छ।

‘उच्च तापक्रममा उच्चतम छुट’ नामक ‘फ्ल्यास सेल’ किसिमको अफरमार्फत यात्रुले मंगलबार र शनिबार दिउँसो ३ देखि ४ बजेसम्म आइएमई पे एपबाट हवाई टिकट काट्दा दैनिक हाइएस्ट क्यासब्याकका साथै थप ३ सय रुपैयाँ बोनस प्राप्त गर्न मिल्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

साधारणतया अन्य वालेट एपभन्दा बढी क्यासब्याक दिइरहेको आइएमई पे एपले उक्त अफर अवधिभरि साताका दुई दिन (मंगलबार र शनिबार) केवल एक घन्टाका लागि थप ३ सय बोनस दिने कम्पनीको भनाइ छ। असार ७ देखि सुरु भएको अफरमार्फत नेपालको कुनै पनि आन्तरिक हवाई उडान सेवामा पनि बोनस प्राप्त गर्न सकिन्छ।

 


Leave a Reply

Your email address will not be published.