नेप्से परिसूचक-१८४८ अंकमा
साताभरि सेयरबजारको ओरालो यात्राको गति झन् बढेको छ। बिहीबार पनि सेयर बजारका सबै सूचकहरु घटे। नेप्से परिसूचक १८४८ अंकमा झरेको छ।
यो करिब ४५.२५ अंकले घटेको हो। यो दिन जम्मा १ अर्ब ४९ करोडको कारोबार भएको छ।
सबैजसो उपसमूहहरूको सूचक घटेका छन्। १५ कम्पनीको शेयर मूल्य केही बढेको छ। दुई कम्नीको स्थिर भएको छ।