ग्लोबल आइएमईका ग्राहकलाई व्यक्तिगत रोजाइको डिजाइनमा डेबिट कार्ड

ग्लोबल आइएमईका ग्राहकलाई व्यक्तिगत रोजाइको डिजाइनमा डेबिट कार्ड

काठमाडौं-

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकलाई उनीहरूकै रोजाइको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ।

बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजनाअन्तर्गत उ्रक्त सुविधा ल्याएको जनाएको छ। यस्तो सुविधा उपलब्ध गराउने ग्लोबल आइएमई नेपालकै पहिलो वित्तीय संस्था हो।

यस योजनाअन्तर्गत डेबिट कार्ड प्राप्त गर्न ग्राहकले ग्लोबल आइएमई बैंकको वेबसाइटमार्फत अनलाइन आवेदन दिनुपर्ने छ। कार्ड प्रिन्ट गर्नुअघि ग्राहकले आफ्नो डिजाइनअनुसारको कार्डलाई भर्चुअल रूपमा हेर्न र आफूलाई मनपर्ने डिजाइन छनोट गर्न सक्नेछन्। ग्राहकसँग वेबसाइटमा पूर्वडिजाइन गरिएका कार्डको विविधता छनोट गर्ने विभिन्न विकल्पसमेत उपलब्ध हुनेछन्।

आफ्ना ग्राहकको सुविधा मध्यनजर गरी बैंकले मेरो आफ्नै डेबिट कार्ड योजना सार्वजनिक गरेको हो। नवीन प्रविधि प्रयोग गर्दै बैंकले समय सापेक्ष ग्राहकलाई लाभान्विभत गर्दै आएको जनाएको छ।

ग्लोबल आइएमई बैंकले हाल ७६ जिल्लामा २ सय ८८ शाखा, २ सय ६२ एटिएम, २ सय ७५ शाखारहित, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८ सय ७५ केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।

त्यसैगरी बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत देशबाट रेमिट्यान्स भित्र्याउँदै आएक


Leave a Reply

Your email address will not be published.