नेपाल टेलिकमको इन्टरनेट शुल्क ३६ प्रतिशत कम

नेपाल टेलिकमको इन्टरनेट शुल्क ३६ प्रतिशत कम

 

नेपाल टेलिकमले इन्टरनेटमा नयाँ महसुल कायम गरेको छ। असार १ गतेदेखि लागु हुनेगरी उसले इन्टरनेट तथा इन्ट्रानेटा दुबैको लिज लाइनमा महसुल दर ३६ प्रतिशत कम हुनेगरी नयाँ कायम गरेको हो।

 

टेलिकमका अनुसार ५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महशुल क्रमशः २,१०० र १,९०० रहेकोमा अब दुवैको महशुल दर १,५०० रूपैयाँमात्रै भएको छ।

 

त्यस्तै इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबिपिएस ब्यान्डविथको महशुल २,७०० रहेकोमा अब २,४०० रूपैयामात्रै हनेछ भने ११ देखि १०० एमबिपिएसको २,४०० रहेकोमा अब २,१०० रूपैया हुनेछ। त्यस्तै १०० एमबिपिएस भन्दा बढीको २,१०० रहेकोमा अब १,८०० रूपैया कायम गरिएको छ।

 

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ।


Leave a Reply

Your email address will not be published.