कलिला पाखुरामा पहिलो ‘डोज’ (तस्विरहरू)
पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरानाविरूद्ध खोप लगाउन सुरू भएको छ। बिहीबार यो उमेर समूहका बालबालिकाले पहिलो डोज खोप लगाएका छन्।
सबै बालबालिकालाई सम्बन्धित विद्यालयमै खोपको व्यवस्था गरिएको छ। बालबालिकाका लागि यो खोप अमेरिकाले अनुदानमा दिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंसहित देशका २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म र दोस्रो मात्र साउन २ गतेदेखि दिइनेछ। बाँकी जिल्लामा भदौ ५ देखि ११ गतेसम्म खोप दिइनेछ।