‘आइएमई पे’को ‘क्यूआर डे विथ आइएमई पे’ अफर

‘आइएमई पे’को ‘क्यूआर डे विथ आइएमई पे’ अफर

आइएमई ग्रुपले सञ्चालन गरेको र आइएमई डिजिटल सोलुसन लिमिटेडले प्रवर्द्धन गरेको ‘आइएमई पे’ ले ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक गरेको छ।

यो अफरमा सबै प्रयोगकर्ताहरूले कुनै पनि क्यूआर पेमेन्ट आइएमई पे एप मार्फत भुत्तानी गर्दा दिनभरिमा १०% छुट (अधिकतम रू. १०० सम्म) प्राप्त गर्नसक्नेछन्।

आइएमई पेले यस अफर ल्याउनको मुख्य उद्देश्य आफ्ना नियमित र सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन हुने बताएको छ। उक्त अफर यही असार १०, २०७९ शुक्रबारकाका दिन १ दिनको लागि मात्र मान्य हुनेछ।

अफर अन्तर्गत पहिलो २५ सय सेवाग्राहीहरुले मात्र क्यासव्याक पाउँनेछन् भने पियर्स‐टु‐पियर्स क्यूआर  ट्रान्जेक्सनमा यो अफर अन्तर्गतको क्यासव्याक प्राप्त गर्न सक्नेछैनन्।

आइएमई पे नेपालकै अग्रणी फिनटेक मध्ये एक हो जसले डिजिटल वालेटका सबै सुविधाका साथै अन्य आर्थिक लाभहरू प्रदान गरिरहेको छ। वित्तीय समावेशीताको सामूहिक लक्ष्यका साथ आइएमई पे आफ्ना सेवाहरू एक सरल तर प्रभावकारी एप मार्फत देशका हरेक कुना–कुनामा उपलब्ध गराउनमा केन्द्रित रहेको छ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो।

यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ।

२० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको छ।


Leave a Reply

Your email address will not be published.