एससिटी र मोरु डिजिटल वालेटबीच सम्झौता
काठमाडौं-
नपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र मोरु डिजिटल वालेटबीच स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता भएको छ।
दुई दशकदेखि कार्डलगायत भुक्तानी सेवा दिदै आएको एससिटी र सरल भुक्तानी सेवा दिइरहेको मोरु डिजिटल वालेटबीच भएको सम्झैताले मुलुकको डिजिटल भुक्तानी विकासमा थप योगदान पुग्ने विश्वास लिइएको छ।
सम्झौतापछि ५ लाख मोरु वालेट प्रयोगकर्ताले १ लाख ६० हजार स्मार्ट क्युआर मर्चेन्टलाई भुक्तानी गर्न सक्नेछन भने मोरुमार्फत व्यापार–व्यवसायमा संलग्नले स्मार्ट क्युआरमार्फत भुक्तानी लिन स्मार्ट क्युआर सुविधा लिन सक्नेछन्।
उत्कृष्ट प्रविधिले बनेको फाइनान्सियल स्विचमार्फत कारोबारको भुक्तानी तथा फर्छ्यौट गर्ने भएकाले इएमभी स्ट्यान्डर्डमा आधारित स्मार्ट क्युआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो हुने दुवै कम्पनीको भनाइ छ।
सम्झौतापत्रमा एससिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) नारायणप्रकाश भुजु र मोरू वालेटका तर्फबाट सिइओ आशितोष साहले हस्ताक्षर गरेका छन्।