आइएमई जनरल इन्स्योरेन्स र चिरायु अस्पतालबीच सम्झाैता

आइएमई जनरल इन्स्योरेन्स र चिरायु अस्पतालबीच सम्झाैता

काठमाडौं-

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट प्रालिबीच सेवा प्रदान सम्झौता भएको छ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी (सिइओ) अधिकृत शरण रेग्मी र चिरायुका अपरेसन डाइरेक्टर चन्डेश्वर नन्दराज वैद्यले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकका बिमालेखको सीमासम्म चिरायु अस्पतालबाट नगदरहित हस्पिटलाइजेसन सुविधा प्राप्त गर्न सकिने छ।

आइएमई जनरल इन्स्योरेन्स नायब सिइओ रेग्मीले चिरायु अस्पतालले आफना ग्राहकलाई आइएमई जनरल इन्स्योरेन्ससँग आइजिआई औषधोपचार बिमालेख खरिद गरी अस्पतालसँग बिमालेखको सीमासम्म नगदरहित हस्पिटलाइजेसन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखेको बताए।

अस्पताल र अस्पतालसँग आबद्ध सदस्यलाई औपाधोपचार लगायत आवश्यक सबै प्रकारका निर्जीवन बिमा सेवा आइएमई जनरल इन्स्योरेन्सबाट प्राप्त गर्न सकिने हुनाले ढुक्क भएर सेवा लिन उनले आग्रह गरे।

 


Leave a Reply

Your email address will not be published.