एनएमबीका ग्राहकलाई भाटभटेनी धनगढीमा किनमेल गर्दा छुट

एनएमबीका ग्राहकलाई भाटभटेनी धनगढीमा किनमेल गर्दा छुट

काठमाडौं-

एनएमबी बैंकले धनगढीस्थित भाटभटेनी सुपर स्टोरमा किनमेल गरी ई-एनएमबी (ओम्नी च्यानल), भिसा डेबिट र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा एनएमबीका ग्राहकलाई १० प्रतिशत वा ५ सय रुपैयाँसम्म क्यासब्याक दिने साझेदारी गरेको छ।

बैंकका अनुसार यो योजना असार १२ बाट सीमित अवधिका लागि प्रदेश ७ को धनगढी भाटभटेनीमा सञ्चालन हुनेछ। ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यो अभियान सञ्चालन गरिएको हो। ग्राहकलाई डिजिटल कारोबार उपयोगिताको महत्व बुझाउन यस्ता अभियान सञ्चालन गर्दै आइएको छ।

एनएमबी दि फिनान्सियल टाइम्स लन्डनको ‘द बैंकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो । एनएमबीले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ।

एनएमबी बैंकले हाल २ सय १ शाखा, १ सय ३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ।


Leave a Reply

Your email address will not be published.