बलियो ‘दुश्मन’ लडिरहेका यी राष्ट्रपति, जसले शक्ति राष्ट्रको ध्यान तानिरहेका छन्

बलियो ‘दुश्मन’ लडिरहेका यी राष्ट्रपति, जसले शक्ति राष्ट्रको ध्यान तानिरहेका छन्

 

चार महिना बितिसक्यो। रूसले युक्रेनमाथि निरन्तर आक्रमण गरिरहेको छ। हज्जारौं नागरिक मारिएका छन्। लाखौ विस्थापित भएका छन्। कुनै कुनै सहर त खाली छन् मान्छेबिहीन।

युक्रेनको भूमिमा धेरै रगत बगिसकेको छ। बमगोलाको वर्षातले यो चिसो भूमि थिलोथिलो भइसकेको छ। युक्रेनी सैनिकहरू रूससँग निरन्तर अंग्रपङ्तिमा खटेर लडिरहेका छन्।

र, युक्रेन आज विश्व शक्तिराष्ट्रमात्रै होइन, सारा दुनियाको नजरमा छ।

रुसले सोचेजस्तै केही घण्टाभित्रै उसले युक्रेनलाई झुकाउन सकेन बरू चार महिना भयो अहिले पनि युक्रेन लडिरहेको छ।

युक्रेनको यो शक्ति र साहसका बिम्ब बनेका छन् राष्ट्रपति भोलोदोमिर जेलेन्स्की, जसले दुनियाको सारा ध्यान युक्रेनयुद्धमाथि केन्द्रित गरिरहेका छन्।

आफूभन्दा धेरै गुणा शक्तिशाली ‘दुश्मन’को सामना गरिरहेको युक्रेनी भूमिमा धेरै प्रभावशाली क्षेत्रका प्रतिनिधहरू पुगिसकेका छन्।

अब युक्रेन चाहन्छ रुसलाई रोक्नका लागि बाँकी सारा दुनियाको सहयोगको आवश्यकता छ।

राष्ट्रपति जेलेन्स्कीले विश्वका विभिन्न क्षेत्रलाई आफ्नो भूमिमा तानिरहेका छन्। शक्तिशाली नेताहरूलाई युक्रेनी भूमिमा भित्र्याउनेदेखि विश्वका कैयौ प्रभावकारी मञ्चहरूमा जेलेन्स्कीले भाषण दिइरहेका छन्।

हालैमात्र उनले एउटा प्रविधिसम्बन्धि एउटा कार्यक्रमलाई ‘होलोग्राम’मार्पत सम्बोधन गरेका थिए।

यसरी विश्वको ध्यान युक्रेनतिर केन्द्रित गर्नका लागि उनले विभिन्न चार समूहलाई सक्रिय बनाएका छन्।

उनले हालैको एक भाषणमा एउटा टेलिभिजन सिरिजको उदाहरण दिएका थिए। त्यो थियो- स्टार वार्स।

‘एक राष्ट्राध्यक्षका लागि होलोग्राममार्फत सम्बोधन गर्नु सामान्य होइन। तर स्टार वार्सा भन्ने टेलभिजन सिरजकै कथाजस्तो भएको छ। हामीले यसको प्रयोग गर्नेछौं र यो साम्राज्यलाई पराजित गर्नेछौं।’ उनले रुसलाई वार्साको खलनायकसँग तुलना पनि गरेका छन्।

यो भाषणमा उनले प्रविधि कम्पनीलाई युक्रेनको पुनर्निर्माणमा सघाउन र पूर्णरूपमा डिजिटल लोकतन्त्रलाई मजवुत बनाउने पनि बताए।

यतिमात्रै होइन धेरै हलिवुडका चर्चित कलाकारहरूको साहार पनि लिइरहेका छन्। युद्धको सुरूवातमै धेरै फिल्मी कलाकार तथा खेल दुनियासँग गाँसिएका चर्चित व्यक्तिहरूले युक्रेनको समर्थन गरेका थिए।

उनी आफै पनि एक कलाकार हुन्। टेलिभिजनहरूमा अभिनय गर्दा गर्दै उनी राष्ट्रको नेतृत्व गर्न पुगे र अहिले संसारकै एउटा शक्तिशाली देशसँग आफ्नो भूमि र आफ्ना नागरिक जोगाउनका लागि लडिरहेका छन्।

चर्चित फूटबलर डेविड बेकहम, संगीतकार एड सिरिन, अभिनेता सन पेन, एस्टन कुचर तथा मिल्ला कुनिसजस्ता कलाकारहरूले युक्रेनलाई समर्थन गरेका थिए। संयुक्त राष्ट्र संघको शरणार्थी मामिलाकी विशेष दूत एन्जेलिना जोलीले पनि समर्थन दिएकी छिन्।

यी मात्रै होइन युक्रेनको पक्षमा धेरै शक्ति राष्ट्रहरू पनि जो युक्रेनको युद्धभूमिमै गएर राष्ट्रपति जेलेन्स्की र उनका नागरिकलाई हौसला दिएका छन्।

फ्रान्सका राष्ट्रपति इमेनुअल म्याक्रो, इटलीका प्रधानमन्त्री मारियो द्राघी, जर्मनका चान्सल ओलाफ स्कुल्ज तथा रोमानियाकी राष्ट्रपति क्लाउस लोहानिसलगातका विश्व नेताहरु युक्रेनको युद्धभूमिमै पुगेका थिए।

त्यस्तै क्यानडाका प्रधानमन्त्री जस्टन ट्रुडो पनि पुगेका छन्। ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सन त दुई पटक युक्रेन पुगिसकेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनका लागि अर्बौ डलरका हतियार तथा आर्थिक सहयोग जुटाइदिएका छन्। उनीक बाइडेनकी श्रीमति युक्रेनमै पुगेकि थिइन्।

 


Leave a Reply

Your email address will not be published.