वर्षा बढ्यो, काठमाडौंमै पनि सतर्कता अपनाउन आग्रह

वर्षा बढ्यो, काठमाडौंमै पनि सतर्कता अपनाउन आग्रह

मनसुन सक्रिय भएसँगै देशभरि ठूलो वर्षा भइरहेको छ। बिहीबार रातिदेखि नै काठमाडौंमा पनि भारी वर्षा भएको थियो। बिहानसम्मै भएको वर्षाका कारण काठमाडौं उपत्यका खोलानालाहरू उर्लिएका छन्।

आज पनि देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

देशभर मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यसका साथै भारतको उत्तर प्रदेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको समेत नेपालमा प्रभाव रहेको छ।

काठमाडौं उपत्यकाका धेरै स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। वर्षाका कारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीहरुमा जलसतह बढेको छ। नदी किनारको बाटोबाट यात्रा गर्दा उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ६ बजे सूचना जारी गर्दै पछिल्लो चार घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको जनाएको छ।

हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो भएकाले नदी किनारको बाटो भई यात्रा गर्दा अर्को ३ घण्टा उच्च सतर्कता अपनाउन भनिएको छ।

 


Leave a Reply

Your email address will not be published.