स्वतन्त्र ‘हुरी-वतास’को डर

स्वतन्त्र ‘हुरी-वतास’को डर

देशमा अहिले ‘स्वतन्त्र’ लहर चलेको छ।

तर ‘स्वतन्त्र’ शब्दसँगै यसको विशेषता स्वतन्त्रतालाई पनि केलाउन जरुरी छ। यतिबेला देशमा चर्किएको ‘स्वतन्त्र’ लहर राजनीतिसँग गाँसिएको छ।

अंग्रेजी भाषाको लिवर्टी (Liberty)सँग स्वतन्त्रताको सम्बन्ध छ। लिवर्टी (Liberty) ल्याटिन भाषाको शब्द Liber सँग गाँसिएर आउँछ। त्यसको अर्थ सबै खाले बन्धनबाट मुक्त भन्ने अर्थ लाग्दछ। अझै यसलाई सजिलो पार्दै जाने हो भने भने मानिसमाथि कुनै पनि खाले प्रतिबन्ध नरहने अवस्था हो, स्वतन्त्रता।

त्यसको मुर्त रुप मानिसलाई हरेक काम मनोमानी ढङ्गले गर्न पाउनुपर्छ भन्ने पनि मान्यता हुन आउँछ। गेटल का कुरा मान्ने हो भने स्वतन्त्रताको अर्थ त त्यो सकारात्मक शक्तिबाट काम गर्दा आनन्दको अनुभुति हुन्छ त्यही गर्न पाउनु हो।

एक जना अर्का अमेरीकाका विद्वान टी. एच. ग्रीनले भनेको कुरा के हो भने स्वतन्त्रताको अर्थ भनेको त ‘गर्न योग्य काम गर्नु र भोग्न योग्य वस्तु भोग्ने क्षमता हो।’ फेरि यहाँ कुरा फ्रिडम को पनि हो।

मूल शब्द हो ‘फ्री’ अर्थात् ‘स्वतन्त्र’। यसमा पनि नियन्त्रण देखिन्छ। यहाँ मूल शब्द ‘तन्त्र’ हो। ‘स्व’ उपसर्ग अनि ‘ता’ प्रत्यय लागेको छ।

यसर्थ भन्न के सकिन्छ भने आफ्नो नियम र बन्धन बाट मुक्ति। त्यसैले स्वतन्त्रता कुनै पनि ब्यक्तिको ब्यक्तित्वको सम्पूर्ण प्राकृतिक विकासका लागि अपरिहार्य हुन्छ।

मुख्यतया: हरेक विषयका सकारात्मक र नकारात्मक पक्ष हुन्छन भन्ने बुझ्नुपर्छ। अनि सापेक्ष र निरपेक्ष पनि।

त्यसो हो भने स्वतन्त्रताको नकारात्मक पक्षको अर्थ पनि लाग्नसक्छ। स्वतन्त्रताको नकारात्मकको अर्थ मानिस मनोमानी गर्न सक्छ भन्ने हो। सकारात्मक पक्ष भनेको एउटा मानिसले गर्न योग्य, सक्ने सबै काम गर्न पाउनुपर्छ भन्ने हो। तर उसमाथि अनैतिक, निरकुंश र अन्यायपूर्ण प्रतिबन्ध लाग्नुहुँदैन।

संगठित मानव समाजमा पाच्य हुने स्वतन्त्रता नै प्रयोग गर्न सकिन्छ। जी. डी. एच. कोलका भनाइलाई विश्वास गर्ने हो भने त -‘विना कुनै वाह्य प्रतिबन्ध आफ्नो पहिचान ब्यक्त गर्ने अधिकार नै स्वतन्त्रता हो।’

स्वतन्त्रताका कुरा गर्दा प्राकृतिक स्वतन्त्रता, नागरिक तथा व्यक्तिगत स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता, राष्ट्रिय स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, संवैधानिक स्वतन्त्रता, नैतिक स्वतन्त्रता, सामाजिक स्वतन्त्रता जस्ता पक्षहरुमाथि ध्यान दिन जरुरी छ।

यी मध्ये यतिबेला नेपालमा हामीले खोजेको स्वतन्त्रता कुन विषयमा हो, यो अहम प्रश्न हो।

नेपाली समाजमा बहसमा आएको ‘स्वतन्त्र’ भन्ने विषयमा प्रवेश गरौं। यतिबेलाको ‘स्वतन्त्र’ चर्चाको विषय राजनीतिक स्वतन्त्रतासँग गाँसिएको जस्तो त देखिन्छ तर त्यसको गन्तब्य स्पष्ट छैन।

यो ब्यक्तिको स्वतन्त्रतालाई सतहमा छोएर फाल्गुनको वतासमा चैतको हुरी मिसाउँदै राजनीतिलाई गिजोलेर बहेको छ।
मिल्टन फ्रेडम्यानको पुस्तक क्यापिटलिज्म एण्ड फ्रिडम (१९६२) मा उनी लेख्छन- ‘मानिसले के किन्न चाहन्छ त्यो किन्न पाओस्, कर्मचारीलाई आफ्नो जागिरमा काम रोज्न पाओस्, उद्योगहरूलाई के उत्पादन गरौं भनेर रोज्न पाउन र कसलाई काममा राख्न पाउनुपर्छ राख्न पाउन, समग्रमा विना केही बाधा व्यावधान स्वेच्छिक रुपमा रोज्न पाउनुपर्छ।’
यी त भए केही परिभाषा तथ्य र उदाहरण।

तर साँचो अर्थमा ‘स्वतन्त्र’ शब्दसँग नेपालमा यतिबेला केही राजनीतिक दल र केही निरपेक्ष स्वघोषित स्वतन्त्ररू तर्सिएका मात्रै होईनन्, झस्किएका छन्। अर्कातर्फ केही हौसिएका पनि छन्। र केहीलाई आफ्नो स्वतन्त्र भाग खोसिएको लागेको छ।

‘स्वतन्त्र! स्वतन्त्र!! स्वतन्त्र!! आखिर यही देशमा बसेका ती को हुन् जो स्वतन्त्रको नाममा अघिल्तिर गईरहेका छन्? प्रश्न जति सजिलो छ जवाफ उति सहज छैन। के यी बजारमा नाम चलेकाहरू ‘स्वतन्त्र’ नै हुन? वा यी कसरी स्वतन्त्र हुनसक्छन?

सापेक्षिक रुपमा को के बाट स्वतन्त्र भन्ने प्रश्न हो। यहाँ कोही ब्यक्ति स्वतन्त्र भन्नेहरू कमसेकम कुन स्वतन्त्रको प्रमाणपत्रधारी हुन् वा कस्ले दिन्छ स्वतन्त्रको प्रमाण? भन्ने प्रश्न हो।

देशको संविधान र मुल कानुनका आधारमा तततत् देशमा बस्नेहरू त्यहाँ त्यही आधारमा स्वतन्त्र मानिन्छन्। अनि कुनै सिद्धान्त र आस्था अनुसार राजनीतिक दलमा आवद्ध छन् भने ति पनि स्वतन्त्र रुपमा त्यहाँ जोडिन पुगेका हुन्।
यसरी सापेक्षिक रुपमा केलाउने हो भने सिद्दान्त: नियम र समाज भित्र सबै स्वतन्त्र हुन् र सबै बन्धनमा पनि बाँधिएका छन्।

प्याट्रिक हेनरीले भनेका छन्- ‘मलाई कि त स्वतन्त्रता देउ या त मृत्यु।’


Leave a Reply

Your email address will not be published.