नयाँ मन्त्रीहरूले लिए सपथ

नयाँ मन्त्रीहरूले लिए सपथ

नेकपा (एकीकृत समाजवादी) का तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन्।

राष्ट्रपति विद्यादेवी भन्डारीले नवनियुक्त मन्त्रीहरूलाई सपथ ग्रहण गराएकी हुन्।

नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरीले सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका हुन्। त्यसैगरी राज्यमन्त्रीमा हीराचन्द्र केसी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छन्।

उनीहरू सबैले आजै पदभार ग्रहण गर्नेछन्।


Leave a Reply

Your email address will not be published.