ब्राइट किन्डरवर्ल्डको व्यापार मेला

ब्राइट किन्डरवर्ल्डको व्यापार मेला

काठमाडौ-

काठमाडौंकाे चन्द्रागिरि नगरपालिका-१४ नैकापस्थित ब्राइट किन्डरवर्ल्ड मन्टेस्वरीले शुक्रबार ‘प्रोजेक्ट बेस लर्निङ’ अन्तर्गत विद्यार्थीका लागि व्यापार मेला आयोजना गरेको छ।

ब्राइट किन्डरवर्ल्डका अनुसार विद्यार्थीलाई व्यापार-व्यवसाय, कृषि उत्पादनसँग सम्बन्धित वस्तुको व्यापार मेला आयोजना गरिएको हो। मेलामा करिब ५ सय विद्यार्थी र त्यति नै संख्यामा अभिभावक सहभागी थिए।

मेलामा विभिन्न जातका तरकारी, फलफूल लगायत वस्तु तथा पदार्थका स्टल थिए। हरेक स्टलमा विद्यार्थी सहभागी भई बिक्री-वितरण गरेका थिए भने शिक्षकशिक्षिकाले सहजीकरण गरेका थिए।

 


Leave a Reply

Your email address will not be published.