स्थानीय निर्वाचनको अन्तर्घातबारे एमालेले छानबिन गर्ने

स्थानीय निर्वाचनको अन्तर्घातबारे एमालेले छानबिन गर्ने

काठमाडौं – नेकपा एमालेले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेहरूको छानबिन गर्ने भएको छ।

आइतबार बसेको सचिवालय बैठकले छानबिन गरेर अन्तर्घात गर्नेहरूलाई कारबाही गर्ने निर्णय गरेको हो।

बैठकले अन्तर्घात गर्नेहरूमाथि छानबिन गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा कमिटी बनाएको छ।

कमिटीमा निर्वाचन विभाग प्रमुख र केन्द्रीय संगठन विभाग प्रमुख सदस्य रहनेछन्।

निर्वाचनका क्रममा अन्तर्घात गरेको भन्दै पार्टीमा परेको उजुरीमाथि छानबिन गरेर कमिटीले कारबाहीका लागि सिफारिस गर्नेछ।

बैठकको निर्णय सुनाउँदै उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरूङले पार्टीमा आएका उजुरीमाथि छानबिन गर्न कमिटी बनाइएको जानकारी दिए।

त्यस्तै सचिवालय बैठकले प्रदेस र जिल्ला कमिटीलाई स्थानीय तह निर्वाचनको समीक्षा असार मसान्तभित्र केन्द्रमा रिपोर्टिङ गर्न भनेको छ।

 


Leave a Reply

Your email address will not be published.