डिसिएले मनायो सतवार्षिकी

डिसिएले मनायो सतवार्षिकी

काठमाडौं-

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘ड्यान चर्च एड’ (डिसिए) ले स्थापनाको १ सय वर्ष मनाएको छ। डिसिएको नेपाल कार्यालयले एक कार्यक्रम गरी सतवार्षिकी मनाएको हो।

सतवार्षिकी कार्यक्रममा डिसिएले नेपालका लागि लागि आगामी पाँच वर्षे देशीय कार्यक्रम रणनीति (सन् २०२२–२०२६) पनि सार्वजनिक गरेको थियो।

कार्यक्रममा समाज कल्याण परिषदका सदस्य सचिव मनोज भट्ट, डिसिएका देशीय निर्देशक मार्को एभिअटीलगायतले डिसिएका गतिविधिबारे चर्चा गरेका थिए।

त्यसैगरी कार्यक्रममा डिसिएको सय वर्षको इतिहाससम्बन्धी भिडियो पनि सार्वजनिक गरिएको थियो। त्यस्तै डिसिएकी कार्यक्रम प्रमुख सम्झना विष्टले नेपालमा डिसिएको यात्रा र पाँच वर्षे देशीय कार्यक्रम रणनीतिबारे जाकारी दिएकी थिइन्।

फोटो प्रदर्शनीसमेत आयोजना गरिएको कार्यक्रममा अन्य गैरसरकारी संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति थियो।


Leave a Reply

Your email address will not be published.