जसपाद्वारा प्रदेससभा सदस्य पार्टीबाट निष्कासित

जसपाद्वारा प्रदेससभा सदस्य पार्टीबाट निष्कासित

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै एकजना प्रदेससभा सदस्यलाई पार्टीबाट निष्कासन गरेको छ।

महोत्तरी जिल्ला कार्यसम्पादन समितिले मधेस प्रदेसका प्रदेससभा सदस्य कौशलकुमार यादवलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको हो।

जिल्ला कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले उनलाई निष्कासन गरेको जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पार्टीबाट निष्कासन गरिएको भनिएका यादव महोत्तरीबाट निर्वाचित प्रदेससभा सदस्य हुन्।

मधेस आन्दोलनका क्रममा सशस्त्र असई थमन विकको हत्या प्रकरणका उनी मुख्य अभियुक्तमध्येका एक हुन्।

प्रदेससभा सदस्यसँगै संघीय शिक्षक फोरमका कौशलकुमार यादवलाई पनि निष्कासन गरिएको जसपा महोत्तरीले जारी गरेको विज्ञप्तिमा भनिएको।

उनीहरूलाई पार्टी विधानअनुसार कारबाही गरिएको जसपा महोत्तरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published.