माओवादीले टुुंगो लगायो केन्द्रीय सदस्यको नाम

माओवादीले टुुंगो लगायो केन्द्रीय सदस्यको नाम

काठमाडौं- नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ। आइतबार सुरू भएको केन्द्रीय समिति बैठकले ३७३ केन्द्रीय सदस्यहरूको नाम टुंगो लगाएको हो।

पार्टीको केन्द्रीय समिति बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सदस्यहरूको नाम टुंगो लगाएका हुन्।

माओवादी केन्द्रमा ३७७ सदस्यीय केन्द्रीय कमिटी रहने भनिए पनि चार जनाको नाम खाली छाडिएको छ। केन्द्रीय समितिमा ज्येष्ठ कम्युनिस्ट लिग, अनुशासन आयोग र लेखा आयोगका संयोजक पदेन सदस्य रहने माओवादी केन्द्रले जनाएको छ।

त्यस्तै माओवादी केन्द्रले ८६ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरेको छ ९४ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य रहने भनिए पनि ८६ जनाको नाममात्रै सार्वजनिक गरिएको हो।

यसअघि माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय रहने भनिए पनि पछि संख्या थपिएको थियो।


Leave a Reply

Your email address will not be published.