देउवाले गरे मन्त्रिपरिषद पुनर्गठन
काठमाडौं – मन्त्रिपरिषद पुनर्गठन भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद पुनर्गठन गरेकी हुन्।
जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ सिफारिस गरेपछि मन्त्रिपरिषद पुनर्गठन भएको हो।
जसपाबाट मृगेन्द्रकुमारसिंह यादव कृषि तथा पशुपन्छी विकास, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा याताया र प्रदीप यादव वन तथा वातावरणमन्त्रीमा नियुक्त भएका छन्।
नवनियुक्त मन्त्रीहरूको सपथ आज अपराह्न साढे ४ बजे हुने भएको छ। साढे ४ बजे नवनियुक्त मन्त्रीहरूको सपथग्रहण हुने राष्ट्रपति कार्यालयले जनाएको छ।
जसपा अध्यक्ष उपेन्द्र यादवले यसअघि सरकारमा मन्त्री रहेका रेणु यादव, रामसहाय यादव र महिन्द्रराय यादवलाई फिर्ता बोलाएर मृगेन्द्र, इस्तियार र प्रदीपको नाम आइतबार बेलुका प्रधानमन्त्री देउवालाई बुझाएका थिए।
यससँगै प्रधानमन्त्री देउवाले छैठौंपटक मन्त्रिपरिषद पुनर्गठन गरेका छन्। देउवा गत वर्ष असार २८ गते पाँचौपटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए।