आइएमई पे र स्मार्ट क्युआरबीच साझेदारी

आइएमई पे र स्मार्ट क्युआरबीच साझेदारी

काठमाडौं-

आइएमई ग्रुपद्वारा सञ्चालित तथा आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे र एससिटीद्वारा सञ्चालित स्मार्ट क्युआरबीच साझेदारी सम्झौता भएको छ।

सम्झौताअनुसार बिगमार्ट सुपर मार्केटका सबै आउटलेटमा आइएमई पे एपमार्फत स्मार्ट क्युआर स्क्यान गर्दा १५ प्रतिशत (अधिकतम ३ सय रुपैयाँसम्म) छुट पाउन सकिने छ।

त्यसैगरी उक्त अवधिभर प्रत्येक लेनदेन मा प्रयोगकर्ताले २ हजार ५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

डिजिटलाइज नेपालतर्फ सँगै अगाडि बढ्ने संकल्पसहित उक्त योजनाका लागि आइएमई पे र स्मार्ट क्युआरले सहकार्य गरेका हुन्। दुवै कम्पनीले उक्त योजनाले प्रयोगकर्ताको व्यापक दायरालाई डिजिटल भुक्तानी विधितर्फ लाग्न प्रोत्साहित गर्ने विश्वास गरेका छन्।


Leave a Reply

Your email address will not be published.