आलुको बोरामा ८३ लाख रूपैयाँ

आलुको बोरामा ८३ लाख रूपैयाँ

जनकपुरधाम- प्रहरीले धनुषामा आलुको बोराबाट ८३ लाखभन्दा बढी रूपैयाँ बरामद गरेको छ।

भारतबाट बोरोमा आलुसँगै ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख ६४ हजार ५ सय रूपैयाँ सशस्त्र प्रहरीले बरामद गरेको हो।

धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनर्वामा भारतबाट ज ७ प ५००७ मोटरसाइकलमा राखेर ल्याउँदै गरेको आलुको बोराबाट रकम बरामद भएको सशस्त्र प्रहरी निरीक्ष शम्भु कटुवालले जानकारी दिए।

कटुवालले रकमसहित जनकनन्दनी गाउँपालिका–५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई पक्राउ गरिएको बताए।

शंकाको आधारमा चेकजाँच गर्दा उनीहरूले बोकेको आलुको बोराबाट उक्त रकम बरामद भएको कटुवालले जानकारी दिए।

उनकाअनुसार बरामद गरिएको रूपैयाँको स्रोत उनीहरूले खोल्न सकेका छैनन्।

पक्राउ परेको दुवैलाई रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको छ।

 

 


Leave a Reply

Your email address will not be published.