एनएमबी बैंकद्वारा सुर्खेतको सामुदायिक विद्यालय भवन पुनर्निर्माण

एनएमबी बैंकद्वारा सुर्खेतको सामुदायिक विद्यालय भवन पुनर्निर्माण

काठमाडौं-

एनएमबी बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुर्खेत वीरेन्द्रनगर-१६ स्थित सरस्वती प्राथमिक विद्यालयको छाना र कक्षा कोठा मर्मत गरेको छ।

गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थी खुला चौरमा पढ्न बाध्य थिए। बैंकले चारवटा कोठा पुनर्निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो।

उक्त कार्य परियोजना समापन तथा हस्तान्तरण कार्यक्रममा बैंकका तर्फबाट क्षेत्रीय प्रबन्धक मित्रराज प्याकुरेल लगायत कर्मचारी तथा विद्यालयका तर्फबाट व्यवस्थापन समितिका पदाधिकारी, शिक्षकशिक्षिका तथा विद्यार्थी उपस्थित थिए। बैंकका क्षेत्रीय प्रबन्धक प्याकुरेलले यस सहकार्यबाट विद्यार्थीको पठनपाठन सहज हुने बताए।

बैंकले वित्तीय कारोबारमात्र गर्ने थाहा भए पनि सामाजिक कार्यमा सहयोग गर्ने कुराले आफूहरु हर्षित भएको विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले बताए।

‘सामाजिक कार्यमा एनएमबी बैंकको सहकार्यले शिक्षक, विद्यार्थी र अभिभावकमा खुसी छाएको छ,’ प्रधानाध्यापक खड्काले भने, ‘वीरेन्द्रनगरकै विकट वडा भएकाले विद्यालयमा सेवा सुविधा छैन। यस्तो अवस्थामा बैंकले गरेको सहयोग अतुलनीय छ।’

एनएमबी द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यांकर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो। बैंकले २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ।

एनएमबीले हाल २ सय १ शाखा, १ सय ३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ।


Leave a Reply

Your email address will not be published.